Public Pana
स्पेनिस टोली नेपाल भ्रमणमा आउने
स्पेनिस टोली नेपाल भ्रमणमा आउने स्पेनिस लिग प्रणालीअन्तर्गत दोस्रो डिभिजनको क्लबले काठमाडौं र पोखरामा एक-एक मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको आयोजक लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । 
विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा
विश्वकप च्याम्पियनलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए ।
मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट
मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।
करातेमा सुमन र इशानलाई स्वर्ण
करातेमा सुमन र इशानलाई स्वर्ण पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेशनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके)का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाए । 
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि
३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।  
विश्वकप फाइनल आज : फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा
विश्वकप फाइनल आज : फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ ।
कतार विश्वकपः क्रोएसियालाई तेस्रो स्थान
कतार विश्वकपः क्रोएसियालाई तेस्रो स्थान पहिलो हाफको ९ मिनेटमै दुई गोल हुँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । तर, पहिलो  हाफमा तीन गोल भएपनि दोस्रो हाफमा थप गोल हुन सकेन ।  खेलको सातौं मिनेटमा जोस्कोले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । इभान पेरिसिकको पासलाई जोस्कोले हेड गोल गरे ।
विश्वकपको फाइनल पोल्यान्डका रेफ्रीले खेलाउने
विश्वकपको फाइनल पोल्यान्डका रेफ्रीले खेलाउने ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् । 
हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने
हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ ।
गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने
गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिश्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । 
बिश्वकप फुटवलको फाइनलमा फ्रान्स र र्जेन्टिना भिड्ने
बिश्वकप फुटवलको फाइनलमा फ्रान्स र र्जेन्टिना भिड्ने कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो ।  फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो ।  
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
Weather Update