Public Pana
दशैमा दुर्घटना न्युनीकरणका लागि सवारी साधनमा टाइम कार्ड लागू गर्ने सरकारको निर्णय
दशैमा दुर्घटना न्युनीकरणका लागि सवारी साधनमा टाइम कार्ड लागू गर्ने सरकारको निर्णय सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।
बजेट सुनिश्चितताबारे २४ घण्टा भित्र जवाफ दिन अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन
बजेट सुनिश्चितताबारे २४ घण्टा भित्र जवाफ दिन अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।
राष्ट्रपतिविरुद्ध परेका रिटमाथी सर्वोच्च आज सुनुवाई हुँदै
राष्ट्रपतिविरुद्ध परेका रिटमाथी सर्वोच्च आज सुनुवाई हुँदै नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएको थियो । रिमाथीको सुनुवाईका लागी आज पेशी तोकिएको हो । 
जब शहरी विकास सचिवलाई मन्त्रीका पिएले अपशब्द बोल्दै हातपात गर्न थाले...
जब शहरी विकास सचिवलाई मन्त्रीका पिएले अपशब्द बोल्दै हातपात गर्न थाले... शहरी विकास मन्त्री मेटमणि चौधरीका स्वकीय सचिव भू–माण्डप केसीले आफूले भनेअनुसार काम नगरेको भन्दै शहरी सचिव रमेश प्रसाद सिंहलाई दुर्व्यवहार गरेपछि यतिबेला शहरी विकास मन्त्रालय र मातहतका निकायमा सोझा मन्त्रीका पिए डरलाग्दा रैछन भन्ने हल्ला चलेको छ।
यातायात सिण्डीकेट रोक्न खोज्दा १८ बर्षअघि गोली लागेका सेढाँइलाई सुप्रवल जनसेवा श्री पदक
यातायात सिण्डीकेट रोक्न खोज्दा १८ बर्षअघि गोली लागेका सेढाँइलाई सुप्रवल जनसेवा श्री पदक कास्कीमा यातायात व्यवस्था कार्यलयमा रहँदा सिण्डीकेटविरुद्ध कठोर रुपमा उत्रिएका कारण उनलाई बिरोधीहरुको समुहले गोली हानि घाइते बनाएको थियो । उक्त घटनामा सेढाँईको कम्मरमा गोली लागेको थियो । उक्त घटनाका कारण शारिरीक रुपमा अस्वस्थ भएपछि सेढाँईको वृद्वि विकास समेतरोकिएको थियो ।
निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित सरकारी निवासमै नजरबन्दमा
निलम्बित प्रधानन्यायाशीध चोलेन्द्र शमशेर राणा बालुवाटारस्थित सरकारी निवासमै नजरबन्दमा आइतबार सर्वोच्च अदालत जाने तयारी गरेका राणलाई सरकारको उच्च निकायबाट बाहिर जान नदिन आदेश गएपछि उनी निवासमै नजरबन्दमा परेका हुन ।  उनलाई सुरक्षा निकायले बालुवाटारबाट  निस्कन पाएका छैनन । आफुलाई सरकारले नजरबन्दमा राखेको भन्दै आक्रोशित राणाले यसको परिणाम भंयकर हुने चेतावनी दिएका छन् । 
यस वर्ष दशै टिकाको शुभ साइत  बिहान ११ः५१ बजे उत्तम
यस वर्ष दशै टिकाको शुभ साइत  बिहान ११ः५१ बजे उत्तम यस वर्ष दशै टिकाको शुभ साइत  असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
आठौ दिन बितिसक्दा समेत दार्चुलामा पहिरोमा परि बेपत्ता भएका १० जना भेटिएनन, जिवितै उद्दारको सम्भावना न्युन
आठौ दिन बितिसक्दा समेत दार्चुलामा पहिरोमा परि बेपत्ता भएका १० जना भेटिएनन, जिवितै उद्दारको सम्भावना न्युन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन् । शुक्रबार रातिको अविरल वर्षाका कारण गएको पहिरोमा परि  पाँच जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता छन् । पहिरोमा परि आठ जना घाइते भएका छन्। 
चीनिया बरिष्ठ नेता काठमाण्डौबाट फर्केको दुई घण्टामै खुल्यो रसुवा नाका
चीनिया बरिष्ठ नेता काठमाण्डौबाट फर्केको दुई घण्टामै खुल्यो रसुवा नाका कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो।
काभ्रेमा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु
काभ्रेमा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु गएराती  करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए। 
Weather Update