Public Pana
निर्वाचनको चहलपहल बढ्यो,  प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी पुरा
निर्वाचनको चहलपहल बढ्यो, प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी पुरा आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 
कतारबाट आउँदै गर्दा सन्दीप लामिछाने विमानस्थलमै पक्राउ
कतारबाट आउँदै गर्दा सन्दीप लामिछाने विमानस्थलमै पक्राउ कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । 
बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो
बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो । 
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मर्षाका कारण लुम्बिनी प्रदेशका विभन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको छ । राजमार्गमा रहेका साना खहरे खोलामा पानीको सतह बढेका कारण दिनभर विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको जिल्लास्थित हाम्रा सहकर्मीहरुले...
दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह
दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ  ।
विजया दशमी आज,  टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा
विजया दशमी आज, टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ ।
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।  
दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका
दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरहरुबाट र जिल्ला सदरमुकामहरुबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् ।
राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ
राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट गरिएको बढाइँको राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित विशिष्ट महानुभावहरुले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो । 
निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न निर्वाचन आयोगको निर्देशन आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको हो । 
नेपालमा अमेरिका र चीनबीच कुटनीतिक वार, चीनको झुठो प्रचारको प्रतिवाद गर्न भन्दै अमेरिकी अधिकारी भोली नेपाल आउँदै
नेपालमा अमेरिका र चीनबीच कुटनीतिक वार, चीनको झुठो प्रचारको प्रतिवाद गर्न भन्दै अमेरिकी अधिकारी भोली नेपाल आउँदै अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ। नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन्। 
अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?
अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ? लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत समितिको यही असोज ५ र ६ गते काठमाडौँमा सम्पन्न बैठकले उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई आगामी तीन महिनाभित्र टुङुगो लगाउने निर्णय गरेको...
Weather Update