Public Pana
दशै सकियो, रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
दशै सकियो, रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ ।
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रणामीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 
शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न, ३६ सयले उम्मेदवारी दिए
शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न, ३६ सयले उम्मेदवारी दिए निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धकरूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
बाँके क्षेत्र नं २ बाट भौतिक मन्त्री राइको उम्मेदवारी दर्ता
बाँके क्षेत्र नं २ बाट भौतिक मन्त्री राइको उम्मेदवारी दर्ता राईले आज दिउँसो मनोनय पत्र दर्ता गराएका हुन । यसअघि २०७४ सालमा बाँकेबाट निर्वाचित राई जिल्लामा बिकासप्रेमी नेताका रुपमा चिनिन्छन् । 
प्रत्यक्षतर्फ शीर्ष नेताहरुको मनोनयपत्र दर्ता,को कहाँबाट ?
प्रत्यक्षतर्फ शीर्ष नेताहरुको मनोनयपत्र दर्ता,को कहाँबाट ? प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको हो । 
निर्वाचनको चहलपहल बढ्यो,  प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी पुरा
निर्वाचनको चहलपहल बढ्यो, प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी पुरा आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 
कतारबाट आउँदै गर्दा सन्दीप लामिछाने विमानस्थलमै पक्राउ
कतारबाट आउँदै गर्दा सन्दीप लामिछाने विमानस्थलमै पक्राउ कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । 
बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो
बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो । 
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल
पश्चिम क्षेत्रमा गएरातीदेखी परेको भारी बर्षा रोकिएन, सर्तकर्ता अपनाउन गृहमन्त्रालयको अपिल वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ । मर्षाका कारण लुम्बिनी प्रदेशका विभन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको छ । राजमार्गमा रहेका साना खहरे खोलामा पानीको सतह बढेका कारण दिनभर विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको जिल्लास्थित हाम्रा सहकर्मीहरुले...
दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह
दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ  ।
विजया दशमी आज,  टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा
विजया दशमी आज, टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ ।
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
नवरात्रिको अन्तिम दिन आज, सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।  
Weather Update