३३३ दिन मुख्यमन्त्री भएर पाण्डेले बुझाए राजीनामा
बुधबार, चैत २१, २०८०
ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प
बुधबार, चैत २१, २०८०
ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ ।

सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्ने महानगरकाे चेतावनी
बुधबार, चैत २१, २०८०
महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
बुधबार, चैत २१, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

माओवादी नेता कालीबहादुर खाम पक्राउ
मंगलबार, चैत २०, २०८०
एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शहरी विकास मन्त्री बुढा र काठमाडौका मेयर बालेन शाहबीच भेट, फोहोरा व्यवस्थापनमा सहकार्य गर्ने समझदारी
मंगलबार, चैत २०, २०८०
शहरी विकास मन्त्रालय धनबहादुर वुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ ।

मौसम: कोशी र गण्डकीका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
मंगलबार, चैत २०, २०८०
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तीन नाति-नातिनाकी एसईईकाे परिक्षा हलमा हजुरआमा खगिसरा
सोमबार, चैत १९, २०८०
पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेकी छिन् पर्वतकी एक महिला नेतृ। दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसईई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रस्तुत गरेकी हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरसहितकाे मुद्दा सोमबार पनि तोकियो पेसी
सोमबार, चैत १९, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दाको पेसी सोमबार पनि तोकिएको छ।

कास्की जीप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १० घाइते
सोमबार, चैत १९, २०८०
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आजकाे माैसम : दुई प्रदेशमा बर्षा र हिमपातकाे सम्भावना
सोमबार, चैत १९, २०८०
- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रधानमन्त्रीकाे निर्देशन : नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिनूस्
आइतबार, चैत १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

अमेरिकी आईटी कम्पनी कोटीभीटी विरुद्ध ४ अर्ब राजश्व चुहवाहटको मुद्दा दायर
आइतबार, चैत १८, २०८०
राजस्व अनुसन्धान विभागले अमेरिकी लगानीको आईटी कम्पनी कोटीभीटी नेपाल प्रालि विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।