Public Pana
जनकपुरका दुई युवाको अपहरण गरी भारतमा बिभत्स हत्या
जनकपुरका दुई युवाको अपहरण गरी भारतमा बिभत्स हत्या उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । उनीहरु एकै परिवारका रहेका खुलेको छ । 
सुर्खेतमा जीप दुर्घटना हँदा ४ जनाको मृत्यु
सुर्खेतमा जीप दुर्घटना हँदा ४ जनाको मृत्यु मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् । 
आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै
आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले विज्ञसहित ब्ल्याक बक्स फ्रान्स पठाउन लागिको जानकारी दिनुभयो । “ब्ल्याक बक्स परीक्षणका लागि अर्को हप्ता जहाज निर्माता कम्पनी फ्रान्स पठाउँदैछौँ ।
आज मौषम अनुकुल भएकाले उडान अवतरणमा समस्या छैन,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
आज मौषम अनुकुल भएकाले उडान अवतरणमा समस्या छैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो । आज बिहानैदेखि काठमाडौँ विमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ । काठमाडौँ बाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ ।
छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी , कराडौ खर्च हुँदा पनि व्यवस्थापन भएन
छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी , कराडौ खर्च हुँदा पनि व्यवस्थापन भएन विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् । कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष उपप्रमुखलाई दिइएको छ ।
तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार
तीन महिलाको हत्या प्रकरणः दोषी पत्ता लगाउन गृह–मन्त्रालयलाई पत्राचार आयोगले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको विभिन्न मितिमा हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउनका लागि मन्त्रालयलाई पत्रमार्फत अनुरोध गरेको हो ।
हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर)
हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर) हुम्लामा हिमपात भएपछि  विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् । 
खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते
खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हुम्लामा हिमपात, जनजीवन कष्टकर
हुम्लामा हिमपात, जनजीवन कष्टकर हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ ।
सिन्धुलीमा जनकुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला
सिन्धुलीमा जनकुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला विशेषगरी वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानको लागि स्थानीय कृषि सहकारीहरूसँग समन्वय गरी परियोजना संचालन गर्दै आएको समृद्धि नामक आयोजनाले प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएको छ ।
एभरेष्ट इङ्गलिस स्कुलका विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाई
एभरेष्ट इङ्गलिस स्कुलका विद्यार्थीले गरे मन्थली डाँंडाको सरसफाई मन्थलीस्थित जंगलबीचमा रहेको यो ठाउँं पिकनिक स्पोटको रुपमा रहेकाे छ । करिब एक सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त ठाउँंमा विद्यार्थीले फोहर, पानीका बोटल, रक्सीका बोटलहरू, प्लाष्टिक, शिशाका टुक्रा संकलन गरीे व्यवस्थापन गरेका छन् ।
Weather Update