मनसुन सक्रिय, केही प्रदेशमा भारी बर्षाको सम्भानवा, ३४ जिल्लामा रेड अलर्ट जारी
सोमबार, असार १७, २०८१

बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति
आइतबार, असार १६, २०८१
दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।

आज असार १५: जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै
शनिबार, असार १५, २०८१
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ ।

सिन्धुपाल्चोकको हेलम्बुमा भूकम्प
शुक्रबार, असार १४, २०८१
सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
शुक्रबार, असार १४, २०८१
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
रवि लामिछाने विरुद्ध मुद्दा हाल्ने अधिकार अरुलाई नभएकाे महान्यायाधीवक्ता पाेखरेलकाे दावी
बिहीबार, असार १३, २०८१
सहकारी ठगी प्रकरणमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिखित जवाफ पेस गर्दै खारेज हुनुपर्ने माग गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा निवेदकको उक्त विषयमा सार्थक सम्बन्ध र सरोकार नै नरहेको जिकिर गरिएको छ।

यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह
बिहीबार, असार १३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती र मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, असार ९, २०८१
काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै देशका बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ब्राजिलबाट स्वदेश फर्किए बालेन
शनिबार, असार ८, २०८१
स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् ।

राजदूतमा भागबन्डा टुंगियो, माओवादीलाई रास्वपाभन्दा कम सङ्ख्या
शुक्रबार, असार ७, २०८१
काठमाडौँ । सत्ताधारी प्रमुख दलहरू भागबन्डामा राजदूत नियुक्ति गर्न सहमत भएका छन् ।

सक्रिय बन्दै मनसुन , गण्डकीमा भारी वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?
शुक्रबार, असार ७, २०८१
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व राजाका ज्वाइँसहित ३१ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियाे सफाई
बिहीबार, असार ६, २०८१
काठमाडौँ । विशेष अदालतले पूर्व राजपरिवारका ज्वाइँ स्वर्गीय कुमार खड्गविक्रम शाहको नाममा आएको जनकपुरको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका ३१ जनालाई सफाइ दिएको छ ।

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
बिहीबार, असार ६, २०८१
काठमाडौँ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।