रुसी बन्दरगाहमा पहिलाेपटक युक्रेनी ड्रोन हमला
शनिबार, साउन २०, २०८०

राज्यमानहानिको मुद्दामा राहुल गान्धीलाई सर्वोच्चद्वारा सफाइ, सांसद पद पुनर्बहाली
शुक्रबार, साउन १९, २०८०
गत मार्च महिनामा राहुल गान्धीलाई भारतको गुजरातमा भारतीय जनता पार्टीका एक विधायकले प्रधानमन्त्री मोदी र त्यही थर भएका व्यक्तिहरु चोर हुन् भनेर टिप्पणी गरेकामा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत र उच्च अदालतले उनको सांसद पद निलम्बन गरेको र दुई वर्षभन्दा बढी जेल सजाय तोकेको थियो ।

बेपत्ता आरोहीको ३७ वर्ष पछि शव फेला,
बिहीबार, साउन १८, २०८०
अवशेष सन् १९८६ मा आरोहण गरेपछि नफर्केका जर्मन आरोहीको रहेको प्रहरीले जनाएको छ । पत्रकारलाई जानकारी दिँदै प्रहरीले आरोहीको जुत्ताको तस्विर सार्वजनिक गरेको थियो, जसमा हिउँमा टाँसिएको रातो फीता जुत्ता देख्न सकिन्छ ।

रुसमा अपहरण गरी १४ वर्षसम्म यौन दासी बनाएकाे खुलासा
बिहीबार, साउन १८, २०८०
महिलालाई राखिएको कोठामा ल्यापटप, अश्लिल फिल्म सहितको डिस्कका साथै यातना दिने क्रममा प्रयोग गरिने सेक्स खेलौना फेला परेको थियो ।

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, १५ जनाको मृत्यु
बुधबार, साउन १७, २०८०
योसँगै टोकियोमा एक वृद्ध दम्पती आफ्नै घरमा मृत फेला परेपछि शुक्रबारदेखि मृत्यु हुनेको संख्या तीन पुगेको छ । सहरको तापक्रम ३५ दशमलव ७ डिग्री पुगेका र वातानुकूलित नभएकाले उनको मृत्यु हीटस्ट्रोकबाट भएको प्रहरीले अनुमान गरेको छ ।

आइएसले लियो ५४ जनाको ज्यान जाने पाकिस्तानको आत्मघाती हमलाको जिम्मेवारी
मंगलबार, साउन १६, २०८०
इस्लामिक स्टेटको स्थानीय इकाईले यसअघि पनि सो पार्टीका नेताहरूलाई विधर्मी ठानेकाले निशाना बनाएको जनाउँदै आएको थियो।

भारतको मणिपुरको दंगामा दक्षिणएशियाली अधिकारकर्मीको ध्यानाकर्षण
आइतबार, साउन १४, २०८०
भारतको मणिपुर राज्यमा मे महीनादेखि चलिरहेको हिंसामा हालसम्म १५० जनाभन्दा बढीको ज्यान गएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग
आइतबार, साउन १४, २०८०
अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन

ठुलो आतंकवादी हमलाको योजना बनाइरहेका संधिग्द आतंकवादीलाई पक्राउ गरिएको पाकिस्तानको दावी
शनिबार, साउन १३, २०८०
मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।