Public Pana
नेपालकाे खराव प्रदर्शन   ६  विकेट गुमायाे

 हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो। जवाफी ब्याटिङमा आएकाे नेपालले खराव प्रदर्शन गरेकाे छ । नेपालका  ६ ब्याटरहरु आउट भएका छन् । नेपालले अझै १०० रन बनाउनु छ ।  

पपुवा न्युगिनीको तर्फबाट टोनी उराले ६१ रनको योगदा न दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे।   यस्तै अलेई नाओले अविजित रहँदै ३० रन बनाए। हिला भारेले १८, हिरा हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपरले १३ रनको योगदान दिए। 

 

अलराउण्डर कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए। उनले अघिल्लो खेलमा पनि पपुवा न्युगिनीको ४ विकेट लिएका थिए।  नेपालका आकाश चन्दले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करन केसी र गुलसन झाले १/१ जनालाई आउट गरे।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update