Public Pana
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडाै-  नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।  बुधवारको प्रतिनिधि सभामा बोल्दै उहाँले यस्तो बताएकी हुन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्  । 

उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको  भन्दै  उनले राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन ।    

, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरुको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशिल चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’  उनले भनिन्। अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरु बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन ।  
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update