Public Pana
नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् । 

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३÷१३ वर्ष, वा १५÷१५ वर्षको कसैले गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस् ।’
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update