Public Pana
विदेशी मुद्रा :  अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

काठमाडाै-  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। 

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा थियो।  

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७० रुपैयाँ ४९ पैसा  थियो।  

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो  बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ०७ पैसा थियो। 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update