Public Pana
सरकार र आरती साहको परिवारका विचमा सहमती भएकाे छ । 

काठमाडाै-  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा लामो समयदेखि आन्दोलनमा रहेका साहका परिवारसँग सहमति गरिएकाे हाे ।  

 सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारी र साहका तर्फबाट ३/३ जनाले हस्ताक्षर गरेका छन्। 
सहमतिपछि साहको परिवारले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिएका छन् ।  

सहमतिमा आरतीको हत्याबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि अनुसन्धान गर्ने उल्लेख छ। उक्त  अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पुन:अभियोजन गर्ने र परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गरिने पनि सहमति भएको छ।

सहमतिका क्रममा गृहमन्त्री लामिछानेले साहका परिवारलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाए। गृहमन्त्रालयमा राति भएको सहमतिपछि गृहमन्त्री लामिछानेले अब सरकार न्याय दिने बाटोमा अघि बढेको बताए। 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update