Public Pana
 सत्ता गठवन्धनकाे वैठकपछि माधव नेपालकाे दल सहमत  विश्वासकाे मत दिन सा‌सदहरुलाई निर्देशन 

काठमाडाै-  स‌सदिय दलकाे वैठकमा आफूहरुकाे कुरा नसुने वा लिखित सहमती नभए प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे एकिकृत समाजवादीले अडान छाेडेकाे छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको   वैठकपछी नेकपा एसका अध्यक्ष नेपालले आफूहरुले विश्वासकाे मत दिन सहमत भएकाे बताए ।  सत्ता रुढ दलहरुका विचमा एक प्रकारकाे सहमती भएकाले ससदिय दलकाे निर्णय  अव परिवर्तन भएर आफूहरुले विश्वासकाे मत दिने निर्णयमा पुगेकाे एकिकृत समाजवादीका एक सासदले बताए । 
 यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेकाे छ । यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएकाे छ।  

याे सगै अव सत्ता गठवन्धनमा हुने सवै निर्णयमा पाँचै दलका अध्यक्षकाे हस्ताक्षार हुने  सहमती पनि भएकाे छ । सरकारका सवै नीति तथा कार्यक्रममा एकरुपता ल्याउने र पाँचाै जनाकाे सहमती खाेजिने निर्णय पनि गरेकाे छ ।  

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update