Public Pana
लाेसपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने  

 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने  निर्णय गरेकाे छ । 

लोसपाको साेमबार बसेकाे  संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको एक नेताले बताए ।  
त्यस्तै राष्ट्रिय सभाकाे निर्वाचनमा पनि सत्ता गठवन्धनकाे उम्मेदबारकाे विपक्षमा उभिने भएकाे छ । 
 राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसको उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको हाे ।  । काँग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । सत्ता गठवन्धनले माओवादीका नारायण दाहाललाई उम्मेदबार बनाउने निर्णय गरेकाे छ ।  

लोसपासँग राष्ट्रिय सभामा एक जना  र प्रतिनिधि सभामा चार जना सांसद छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update