Public Pana
नेपालले दियाे   पिएनजीलाई  १९९ रनकाे लक्ष्य 

हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले   पिएनजीलाई १९९ रनकाे लक्ष्य दिएकाे छ । कुशल भुर्तेल र सन्दिप जाेराकाे अर्धशतककाे मद्दतमा नेपालले सम्मानजनक लक्ष्य दिएकाे हाे ।  
नेपालका लागि भूर्तेलले  ५९ र जाेराले ५६ रन बनाए ।

विवेक यादव र गुल्सन झा नट आउट रहे । अन्तिम ओभरमा विवेकले ३ छक्का प्रहार गर्दै नेपाललाई अघि बढाएका थिए ।  

नेपालले टस हारेको पहिले ब्याटिङ गरेकाे हाे  । 

पिएनजी कप्तान असद भालाले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङ गरेकाे हाे ।

 नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update