Public Pana
सन्दिप जाेराले पनि  अर्धशतक  बनाएर आउट भए

काठमाडाै- नेपालका आक्रामक ब्याटर सन्दिप जाेराले पनि अर्धशतक पुरा गरेका छन् । उनले ५० रन बनाउन २१ बलकाे सामना गरेका थिए ।  

उनले ३ छक्का र ३ चाैका प्रहार गरेका थिए । यसअघि ‌ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए । कप्तान राेहित पाैडेल सस्तैमा आउट भएपनि उनी नेपालकाे इनिङ सम्हाल्न क्रिजमा आएका थिए ।  

हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका  दुई ब्याटरले अर्ध शतक बनाए । 

१३ ओभर पूरा हुँदा नेपालले तेस्रो विकेट गुमाउँदै ९७ रन बनाएको छ। तेस्रो विकेटको रुपमा आरिफ शेख आउट भएका भए।

आरिफ जम्मा ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।

पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update