Public Pana
कुशल भुर्तेलको अर्धसतक बनाएर आउट

हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। उनले ३२ बल खेल्दै ५० रन पूरा गरेका हुन्। उनी ५९ रन बनाउदै आउट पनि भएका छन् । 

१३ ओभर पूरा हुँदा नेपालले तेस्रो विकेट गुमाउँदै ९७ रन बनाएको छ। तेस्रो विकेटको रुपमा आरिफ शेख आउट भएका भए। 

 

आरिफ जम्मा ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए।

पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update