Public Pana
  त्रिकोणात्मक टि२० सिरिज  : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 

काठमाडाै- हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ ।

पिएनजी कप्तान असद भालाले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङ गर्दैछ । नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।

पछिल्लो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । बिरामी भएका अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update