Public Pana
अमेरिकी डलरुहित  सबैजसो विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  

आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ।  

 

गएको बिहीबारदेखि अमेरिकी डलरको कारोबार १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसामा कारोबार हुँदै आएको थियो। पाँच दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा थियो।  

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७० रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७२ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १५ पैसा थियो। 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update