Public Pana
मिटरब्याज पीडित  र सरकारविच चार बुँदे सहमति  फेरि अर्को आयोग बनाइने

मिटरब्याजी पीडित र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। सोमबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा दुवै पक्षबीच चार बुँदे सहमति भएको हो। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरब्याजी तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएको हो। 

आइतबारदेखि सुरु भएको वार्तामा सहमति जुटेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रमा स्थगित गर्ने घोषणा गरेको छ। सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवम् वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । 

 

सहमतिका विषयहरुमा जानकारी दिन र पीडितहरुका माझमा प्रतिबद्धता जनाउन उपप्रधान एवम् गृहमन्त्री लामिछाने पीडितहरु बसिरहेको स्थान भृकुटीमण्डप पुगेका थिए ।

माघ १६ गते पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैदिन पैदल मार्च सुरु गरेका पीडितहरु २३ दिनसम्म निरन्तर पैदलयात्रा गरेर फागुन ९ मा काठमाडौं आइपुगेका थिए। उनीहरुले त्यसयता भृकुटीमण्डपमा त्रिपालमुनि बसेर निरन्तर संघर्ष गरिरहेका थिए।
यस्तो छ सहमति

429570909_951318209607951_3208387724210264715_n-1710172153.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update