Public Pana
उप निर्वाचन :   रास्वपाले इलाममा मात्र उम्मेदबारी दिने 

काठमाडाै- स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।   सत्ता साझेदार रास्वपाले सत्ता गठवन्धनकाे साझा उम्मेदबार  मान्न नसकिने भन्दै उम्मेदबार दिने निर्णय गरेकाे हाे ।  

पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२  को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए ।

त्यस्तै  बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ ।  एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।  
बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ ।  रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update