Public Pana
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित

 राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ। 

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । जसअनुसार अन्तिम नामावली प्रकाशित गरिएको सचिवालयले जनाएको हो ।

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट 
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माले पनि उम्मेदवारी दिएका हुन्।

उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update