Public Pana
ओस्कारमा बायाेपिक ‘ओपेनहाइमर’को वर्चस्व

काठमाडाै- यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व बनाउन सफल भएकाे छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जित्न सफल भयाे ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो ।   क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे ।  रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।

‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

यस्तो छ विजेताहरुकाे सुची :

फिल्म- ओपेनहाइमर निर्देशक- क्रिस्टोफर नोलन (ओपेनहाइमर)

अभिनेता- किलियन मर्फी (ओपेनहाइमर)

अभिनेत्री- एम्मा स्टोन (पुअर थिंग्स)

सहायक अभिनेता- रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)

सहायक अभिनेत्री- द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)

एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन ओर्जिनल स्क्रिनप्ले- एनाटोमी अफ अ फल

छायांकन- ओपेनहाइमर ओर्जिनल सङ- बिली एलिस (बार्बी)

कस्ट्युम डिजाइन- पुअर थिंग्स ध्वनी- द जोन अफ इन्ट्रेस्ट

ओर्जिनल स्कोर- ओपेनहाइमर

डकुमेन्ट्री फिचर- ट्वेन्टी डेज इन मौरिपल

अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट

मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स

प्रोडक्सन डिजाइन- पुअर थिंग्स

सम्पादन- ओपेनहाइमर

भिजुअल इफेक्ट- गोडजिला माइनस वन

Olivia Wilde

Olivia WildeNo description available.

Matt Damon and Luciana BarrosoNo description available.

No description available.

No description available.

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update