Public Pana
विदेशी मुद्राको विनिमय दर: सोमबार कुन दरमा हुदैछ काराेबार ?

काठमाडाै- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको छ। यूरो १ को खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

 

यसैगरी पाउण्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ को खरद दर ८७ रुपैयाँ ६० पैसा र बिक्री दर ८७ रुपैयाँ ९९ पैसा रहेको छ। क्यानेडियन डलर भने १ को खरिद दर ९८ रुपैयाँ ४ पैसा र बिक्री दर ९८ रुपैयाँ ४९ कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ २४ पैसा र बिक्री दर ३५ रुपैयाँ ४० पैसा कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा, यूएई दिरा १ को खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ २१ पैसा र बिक्री दर २८ रुपैयाँ १४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update