Public Pana
दुर्गा प्रसाईकाे बि एण्ड बिकाे  मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई‌ंलगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो । 

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आइतबार भएको सुनुवाइमा उक्त मुद्दा छिटो निरूपण गर्नुपर्ने प्रकृतिको देखिएको भन्दै चैत ४ गतेका लागि पेसी तोक्न आदेश भएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update