Public Pana
प्रचण्डका भाई नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षकाे उम्मेदबार बनाउने माओबादी निर्णय

नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।  

आइतबार बसेको पदाधिकारी बैठकले उनलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी  प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डका भाइ हुन्।  

 

दाहाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। उनको पदावधि २०८४ सम्म छ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचय यही फागुन २९ गते हुँदैछ। माओवादी केन्द्रले अध्यक्ष पाउने सत्ता गठबन्धनमा सहमति भएको छ। नेपाली काग्रेसले युवराज शर्मालाई उम्मेदबार बनाउने निर्णय गरेकाले उनी निर्वाचित हुने सम्भावना छ । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update