Public Pana
राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदबार बनाउने नेपाली काग्रेसकाे निर्णय

काठमाडाै- नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको सचिवालयका निजी सचिव केशवराज जोशीले बताए । 

यसअघि कृष्ण सिटाैलालाई अध्यक्षकाे रुपमा चर्चा गरिएकाे थियाे । तर सत्ता गठवन्धन छाेडेर माओवादी केन्द्र एमालेसँग गठवन्धन गरेपछि शर्मालाई उम्मेदबार बनाउने  निर्णय गरेकाे हाे । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update