Public Pana
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ ।

सरकारले फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति तय गरेपनि आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाउदै निर्वाचन सार्ने प्रस्ताव गर्ने लेखकले बताए ।    

 

 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको  पनि  बताए । उनले कांग्रेससँग छलफल गरेर अर्को मिति तोकेर निर्वाचनको मिति तय गर्नुपर्ने उल्लेख गरे ।  राष्ट्रिय सभाकाे कार्यब्यवस्थामा निर्वाचन सार्ने प्रस्ताव काग्रेसले  राखेकाे हाे ।   

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update