Public Pana
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा

नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । 

त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ । 

त्यसअघि नेपालले हिजो हङकङसँग  मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update