Public Pana
प्रचण्ड,ओली र नेपालविच गाेप्य भेट , वाम एकतादेखि पार्टी एकतासम्म छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् । 

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई बालुवाटार  र नेपाललाई उनकै निवास कोटेश्वरमा ओलीले भेटेका हुन् ।  दुवै नेतासँग ओलीले संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुरा गरेको बताइएको छ। 

नेपालसँग भने पार्टी एकता हुँदै वाम एकताबारे छलफल भएको ओली निकट एक नेताले बताए । नेताहरूबिच  राष्ट्रियसभा अध्यक्ष निर्वाचनबारे पनि कुरा भएको छ । नेपाली काग्रेसले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाेले सरकारले फागुन ३० गते विश्वासकाे मत लिने तयारी गरेकाे छ ।  सत्ता गठवन्धनमा हाल बहुमत रहेपनि त्यसमा तलमाथि नहाेस् भनि रणनीति बनाउनुपर्नेमा तीन अध्यक्ष सहमत भएकाे ती नेताले दावी गरे ।  

 

एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकिकरणाका लागि आग्रह गरेका छन् । नेपाललाई भेट्न उनकै निवास काेटेश्बर पुगेकाे ओलीले अवकाे आवश्यकमा वामपन्थीहरुकाे एक ठाउँमा हुनु भएकाले अलग पार्टी भन्दा एकै ठाउँमा हुन आग्रह गरेका थिए । लामाे समय एमाले र कम्युनिष्ट आन्दाेलनलाई नेतृत्व दिएकाले फेरीपनि एक भएर अघि वढ्नका लागि ओलीले प्रस्ताव गरेका थिए  । नेकपा एस एमालेसँगै  विभाजन भएकाे थियाे । आपसमा विभाजन र मतभेद हुदाँ समग्र एमाले र कम्युनिष्टप्रति नै असर परेकाे भन्दै अव अलग अलग नभई एक भएर अघि बढ्ने समय आएकाे महशुस भएकाले प्रस्ताव राखेकाे ओलीले भनेका थिए । 

माधव नेपालले जवाफमा विगतमा जे प्रश्न उठाएर आफूहरु अलग भएकाे हाे त्याे अझै वाँकी रहेकाले सच्चिने अवस्था भएमात्र यसमा छलफल हुने बताए । उनले आफू अलग अलग दल बनाएर हिड्ने मनसायमा नभएपनि  पार्टीभित्रकाे पेलाइ र अपमानका कारण बाहिरएकाे र त्याे सुधार हुने हाे भने छलफल हुन सक्ने बताएका थिए । एमालेमा खासगरी दाेस्राे तहका नेताहरु एकिकृत समाजवादीसँग पार्टी एकिकरण गर्नुपर्ने पक्षमा छन् ।  

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update