Public Pana
उपेन्द्र यादवसहितले दुई मन्त्रीले आइतबार सपथ लिने

काठमाडाै- जसपाकाे भागमा परेकाे दुई मन्त्रीकाे सपथ आइतबार हुने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा साे कुरा जानकारी दिए । 

जसपाकाे भागमा स्वास्थ्य र खानेपानी मन्त्रालय परेकाे छ । स्वास्थ्यमा जसपाका अध्यक्ष उपेन्द्र यादव आफै जाने तयारी गरेका छन्  प्रधानमन्त्रीले यसअघि मा‌ओबादी ,एमाले र रास्वपालाई समेटेर मन्त्री परिषद विस्तार गरेका थिए  । 
प्रधानमन्त्रीले भाेलीकाे सपथ पछि   सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएका थिए । 

जसपाले पार्टीबाट अध्यक्ष  यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् ।  साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । 

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update