Public Pana
घरेलु सकेर विदेशमा ब्यस्त हुदै नेपाली क्रिकेट टाेली, यस्ताे  छ खेल तालिका

त्रिकोणात्मक टि२० सिरिजको समापन पछि घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यस्त सकिएर विदेशकाे  तालिका  शुरु भएकाे छ ।

फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटको हार बेहोरेसँगै घरेलु मैदानले केही विश्राम पाउने भएको छ । तर नेपाली टोली यसै साता हङकङ भ्रमण गर्दैछ । उक्त भ्रमणका लागि टोली पनि घोषणा भइसकेको छ ।

हङकङ भ्रमणमा रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा हाल चलिरहेको त्रिकोणात्मक टि२० सिरिजबाट कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल नियमित छन् । टोलीमा आकाश चन्द र लोकेश बम थपिएका छन् । आकाश पहिलो पटक टि२०आई टोलीमा परेका हुन् ।

प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् । नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टि२०आई खेल्नेछ । मार्च ९ मा नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्नेछन् । 

मार्च १० देखि १३ सम्म भने टि२०आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

त्यसपछि नेपालको सिनियर टोलीले घरेलु मैदानमा आयरल्यान्ड वल्भ्ससँग २ खेल खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ ले ३-३ टि२० र एकदिवसीय खेल्नेछ । सिनियर टोली त्यसपछि भारतमा गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्न जानेछ । लगत्तै ओमानमा एसीसी मेन्स प्रिमियर कपमा हुनेछ ।

मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३-३ एकदिवसीय र टि२० खेल हुनेछ ।

जुनमा हुने आइसीसी टि२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागिएको हो । यसलगत्तै नेपाली टोलीले ३१ मार्च देखि अप्रिल ७ सम्म भारतको गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज लगत्तै नेपाल एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।

यस्तै क्यानले आज मात्र मार्च ९ देखि १३ सम्म हङकङ भ्रमणका लागि पनि टोली घोषणा गरिसकेको छ ।

हङकङ भ्रमण (मार्च ९ देखि १३ सम्म)

फ्रेन्डसिप कप – मार्च ९ – नेपाल विरुद्ध हङकङ

त्रिकोणात्मक सिरिज (मार्च १०-१३)

मार्च १०- नेपाल र हङकङ

मार्च १२ – नेपाल विरुद्ध पिएनजी

फाइनल – मार्च १३

आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण (मार्च २४-अप्रिल७)

मार्च २४ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २५ – टि२० – नेपाल विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २८ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च २९ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

मार्च ३१ – टि२० – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ३ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ५ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

अप्रिल ७ – एकदिवसीय – नेपाल ‘ए’ विरुद्ध आयरल्यान्ड ‘ए’

भारतको त्रिकोणात्मक सिरिज (मार्च ३१- अप्रिल ७)

३१ मार्च – नेपाल विरुद्ध गुजरात

२ अप्रिल – नेपाल विरुद्ध बरोडा

३ अप्रिल – नपाल विरुद्ध गुजरात

५ अप्रिल – नेपाल विरुद्ध बरोडा

७ अप्रिल – फाइनल

एसीसी मेन्स प्रिमियर कप (अप्रिल १२ देखि २१ सम्म )

१२ अप्रिल – नेपाल विरुद्ध मलेसिया

१३ अप्रिल – नेपाल विरुद्ध कतार

१५ अप्रिल- नेपाल विरुद्ध हङकङ

१७ अप्रिल – नेपाल विरुद्ध साउदी अरब

१९ अप्रिल – सेमिफाइनल

२१ अप्रिल – फाइनल

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update