Public Pana
निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने

नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो ।

नाउपाका संरक्षक  रेशमलाल चौधरीले  आयाेगकाे निर्णय विरुद्ध सर्वाेच्चमा जाने बताए ।  महाधिवेशनको फैसला निर्वाचन आयोगले गर्न नमिल्ने भएकाले याे विरुद्ध सर्वाेच्च गएर उल्टाउने उनले बताए । 
निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ । नाउपाको हालै सम्पन्न भएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । 

चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए । तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update