Public Pana
अन्तर्राष्ट्रिय महिला दिवस :  उत्कृष्ट महिला प्रहरी सहायक हवल्दार र जवान सम्मानित

काठमाडौं– नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारीलाई सम्मान गरेको छ ।  एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान गरेको हो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटिमण्डपमा आयोजित कार्यक्रममा उत्कृष्ट महिला प्रहरी कर्मचारीहरू प्रहरी सहायक हवल्दार सविता कार्की र प्रहरी जवान रविना तामाङलाई प्रशंसापत्र प्रदान गरिन् ।

सो अवसरमा संघकी अध्यक्ष कुँवरले यस कार्यक्रमबाट महिला प्रहरी कर्मचारीहरूलाई सकारात्मक उर्जा प्राप्त हुनुका साथै आफ्नो पेशाप्रति अझ व्यवसायिक, कर्तव्यनिष्ट भई सेवामा लाग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा संघकी पदाधिकारीहरू, महिला प्रहरीकर्मचारी तथा परिवार, प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update