महाशिवरात्रीको दिन एमाले सचिवालय बैठक
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न एमालेको सचिवालय बैठक महाशिवरात्रीको दिन शुक्रबार बिहान ९ बजे बोलाइएको हो ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुने मुख्य एजेन्डा रहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० ०१:२५
प्रतिक्रिया दिनुहोस्