Public Pana
महाशिवरात्रीमा पाशुपत क्षेत्रमा भक्तजन र साधुसन्तको भिड (फोटो फिचर)

पाशुपत क्षेत्रमा लाग्ने महाशिवरात्री मेलामा भक्तजन र साधुसन्तको भिड देखिएको छ । 

शुक्रबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २५ लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
कोषका अनुसार भक्तजनको सहजताका लागि विभिन्न लाइनहरु तयार पारिएकाले हिजो रातिदेखि नै भक्तजन दर्शनका लागि लागेका छन् । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा अन्यलाई पासको व्यवस्था गरिएको छैन । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइएकोले यो सामचार तयार पार्दा राति पौने १ बजे नै भिड देखिएको छ ।

सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ताचप्पल व्यवस्थापन  गरिसकेको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा  झिलिमिली बनाइएको छ ।
त्यसैले पनि भक्तजनसँगै साधुसन्तको भिड देखिएको छ । 

siba--1709837914.jpg
 

jogi-3-1709837785.webp
 

shiva--oo-1709837561.jpg
 

shiba-1o-1709837726.png
 


 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ००:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update