Public Pana
निर्वाचन आयाेगले    दिएन रेशम चाैधरीलाई अध्यक्षकाे मान्यता  

 

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।   

आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधर्री अध्यक्ष कायम रहने निर्णय गरेको  छ । आयाेगका एक पदाधिकारीका अनुसार चाैधरी अध्यक्षका लागि याेग्न नदेखिएकाले रञ्जितालाई अध्यक्षकाे मान्यता दिने आयाेगकाे निर्णयमा उल्लेख छ । 

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए । 
आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनि प्रश्न गरेकाे थियो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि, पार्टी अध्यक्ष रेशमपत्नी रञ्जीता श्रेष्ठ थिइन् ।

अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोग समक्ष विवरणसहित जानकारी गराएको भन्दै उन्मुक्तिलाई प्रतिकूल कार्य नगर्न आयोगले सचेत गराउने निर्णय गरेको छ । 

“अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रंजिता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,” आयोगको निर्णयमा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update