काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गरेका छन्।
बिहीबारको सम्बोधनमा उनले निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएको भए पनि आफूले भने सहयोग नपाएको बताए। 'त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो।
एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्योृ। गठबन्धनको नैतिकताको कसीमा त्यो 'विद्रोह' दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत। राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्योश', उनले भने।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको महासमिति बैठकमा पारित प्रस्तावको अनि आलोचना गरे। उनले कांग्रेससँग व्यक्तिगत रुपमा राम्रै सम्बन्ध रहेको र औसत काम गर्नका लागि समस्या नभएको भए पनि आफूले तीव्र गतिमा काम गर्न चाहेको तर त्यसका लागि सहयोग नभएको बताए।
'सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौं तर म तीब्रता चाहन्थेँ। औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइनँ र छैन', उनले भने।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः