Public Pana
दोस्रो पटक अर्थको जिम्मेबारी पाएका पूनले फर्काउलान अर्थतन्त्रलाई लयमा ? 

काठमाडौ–२०६८ भदौ ५ गते डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा  वर्षमान पुन ‘अनन्त’लाई  अर्थमन्त्रीको नियुक्ती दिइयो । पुनलाई अर्थ मन्त्रालयको जिम्मेबारी दिनु आफैमा आश्चर्यजनक थियो ।

आफै पूर्व सफल अर्थमन्त्री  भएका कारण डा भट्टराईले उनलाई विश्वास गरेका थिए । पूनको तत्कालीन समयमा निकै आलोचना भयो । अर्थतन्त्रको बारेमा ज्ञान नभएको र औपचारिक पढाईको विषय पनि नभएको भनि अर्थमन्त्रीको रुपमा काम गर्न नसक्ने भनि आलोचना भएको थियो । तर उक्त आलोचनालाई जवाफ दिदै पूनले सफल १८ महिना अर्थ मन्त्रालयमा विताए । 
फेरी एक पटक पूनलाई सोही जिम्मेबारी आइलागेको छ। अर्थतन्त्र आरोलो र निरासा तर्फ रहेको समयमा यसलाई लिकमा ल्याउदै लयमा हिडाउनुपर्ने चुनौती पून समक्ष रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काग्रेससँगको गठवन्धन तोड्दा अर्थमन्त्रीले आफूलाई सहयोग नगरेको आरोप लगाएका थिए । प्रधानमन्त्रीसंगै अर्थ मन्त्रालय नहुदाँ काम गर्न सम्भव नहुने रहेछ भन्दै आएका उनले आफ्नै पार्टीका पूनलाई जिम्मेबारी दिएका छन् । विगतमा शान्ति मन्त्री र अर्थमन्त्री छँदा पनि उनँले शान्ति प्रक्रियाका काम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएका कारण प्रधानमन्त्री प्रचण्ड उनीसँग विश्वास गर्दै आएका छन् । पार्टीको मोर्चामा अध्यक्षको रुपमा लिएको विश्वास अव सरकारमा प्रधानमन्त्रीलाई सफल बनाउन रुपान्तरण गर्नुपर्ने चुनौती पूनलाई रहेको छ। 
२०२८ सालमा रोल्पाको माडीचौरमा जन्मेका पून मध्यमवर्गको किसान परिवारमा हुर्किएका हुन्  । उनकी श्रीमती ओनसरी घर्ति मगरपनि राजनीतिमा सक्रिय छिन् । उनी पूर्व सभामुख समेत हुन् । 
स्कूल प्रथमदेखि क्याम्पस प्रथम
साविकको जंकोट गाविस वडा नं. १ माडीचौरमा अनन्तको बाल्यकालमा स्कूल थिएन । उहाँ पाँच वर्षपुग्दा नपुग्दै एकघण्टा टाढाको स्कूल प्रावि जंकोटमा भर्ना भए ।  मध्यम वर्गीय परिवारको भएकाले उनी खाली खुट्टा नै स्कुल जान्थे । 
कक्षा एकमा अनन्त प्रथम भए तर आफ्नै गाविस भित्रको भए पनि अभिभावकलाई अनन्तकोस्कूल टाढा लाग्यो । दुई कक्षामा छिमेकी गाविसमा रहेको निमावि कोटगाउँमा भर्ना भए ।  कक्षा सातसम्म उनले त्यहाँ अध्ययन गरे । उनी कहिल्यै दोस्रो भएनन् । 
सबैका असल गुरु थिए  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरा । उनीसगै उनीपनि वामपन्थी झुकावमा सहयात्री भए । 

लिबाङ हल्लाउने टिम, घोराही पनि हल्लायो
सदरमुकाममा पढ्न थालेसँगै २०४२ देखि अनन्त अखिल छैठौँमा आबद्ध भएर राजनीतिमा सक्रिय भएका थिए । राजनीति कृष्णबहादुर महरालेनै सिकाएका थिए ।  दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलन र राजनीतिक आन्दोलनमा अनन्त नेतृत्वदायी भूमिकामै रहेका थिए ।सदरमुकाम लिबाङमा पढ्दा ‘तहल्का मच्चाएको’ टिम निवर्तमान उपराष्ट्रपति पासाङ, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री केसीलगायतको टिम नै थियो, दाङको घोराही हल्लाउने पनि । यो समूहमा त्यहाँ उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा पनि जोडिएकी थिइन् । 
जनयुद्धको आधार तय गर्ने त्यो वर्गसंघर्ष
२०४८ मा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन भयो । रोल्पामा कृष्णबहादुर महरा संयोजक र अनन्त सहसंयोजक भए ।  अनन्त सम्मिलित पार्टीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले जारी राखेको दमनको प्रतिरोध गर्ने निर्णय लियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले रोल्पामा दमन झनै बढायो । 
वर्गसंघर्षको क्रममा २०४९ मा अनन्तलाई दुईवटा मुद्दा लागे । उनी  २४ दिन प्रहरी हिरासत बसे । त्यहीं संघर्ष नै माओवादी जनयुद्धको जग बन्यो । 
नेकपा (माओवादी)ले २०५२ फागुन १ गतेदेखि जनयुद्ध सुरु गर्ने तयारी गर्दैगर्दा अनन्त माओवादीको रोल्पा जिल्ला कार्यालय सदस्य थिए । जोखबहादुर महरा जिल्ला सेक्रेटरी  थिए ।  जनयुद्धको घोषणा गर्न होलेरीस्थित ईलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्ने माओवादीले निर्णय ग¥यो । त्यसको कमान्डर अन्नत थिए ।  निवर्तमान उपराष्ट्रपति पासाङ त्यसको सहकायक कमाण्डर थिए । 
निराश हुन नजान्ने, अप्ठ्यारोमा खटाइने नेता
अनन्तलाई आफ्नो राजनीतिक जीवनमा सफल नेता मान्न सकिन्छ । कम उमेरमा राजनीतिको उचाई बनाएका अनन्त आफूसँग विशिष्ट क्षमता छ भन्ने दावि कहिल्यै गर्दैनन् । उनी हत्तपत्त निराश नहुने नेताको रुपमा लिइन्छ ।   अनन्त माओवादी जनयुद्धमात्र होइन त्यसपद्धिका राजनीतिक घटनाक्रममा पनि सबैभन्दा अप्ठ्रा ठाउँको जिम्मेवारी सफल रुपमा सम्हाल्दै आएकाले प्रचण्डले विश्वास गर्ने गरेका छन् । 
मृत्युको मुखबाट फर्किएका अनन्त
युद्धका दौरान अनन्त पटकपटक मृत्युको मुखबाट फर्केका थिए भने शान्ति प्रक्रियामा आएपछि पनि उनी जन्डिसका कारण धेरै पटक मृत्युको मुखमा पुगेका थिए । डोल्पा सदरमुकाम, अछाम सदरमुकाम मंगलसेन, बन्दीपुर हाईवेको आक्रमणपछि उनी संयोगले वाँचेका थिए । 
अनन्त लामो समयदेखि चिकित्सकीय भाषामा भनिने ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ रोगबाट पीडित भएको थिए ।  नेपालमा यसलाई वंशाणुगत जण्डिस भनिन्छ । यो समस्याबाट उनमा  जनयुद्धकालदेखि नै नै पीडित  थिए । यसबीचमा यो समस्या विकराल बनेर नेपालका अस्पतालहरुमा उपचार असम्भव
हुँदा नेपाली चिकित्सकहरुकै सुझाबमा उनँले भारत, थाइल्याण्ड र चीनमा उपचार गराए । उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल र चिन्ताजनक नै बन्यो । उनको  चीनमा भएको लामो समयको उपचारले अर्कोपटक मृत्युलाई जितेर फर्केका हुन् । पछिल्लो समय उनी  स्वास्थ्य अवस्था सामान्य भइ राजनीतिकमा सक्रिय भएका थिए । 
विगतको अनुभव 
अनन्त २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर १ बाट विजयी भएका थिए । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा अनन्तलाई गृहमन्त्रीको रुपमा चर्चा गरिएको थियो । तर उनलाई शान्ति तथा पुनःनिर्माणमन्त्री बनाएको थियो ।  तर उनी पछि शान्ति मन्त्रीको रुपमा शान्ति प्रक्रियाका काम सम्पन्न गर्ने जिम्मेबारी पाएर त्यहाँ गएका थिए । दुई महिनापछि अनन्तले शान्ति मन्त्रालय छोडे । २०७० को संविधानसभा निर्वाचन अनन्तलाई मोरङ ९ मा  उठायो तर उनी पराजित र्भ । संविधानसभामा नरहे तापनि संविधान निर्माणसम्बन्धी पार्टीका तर्फबाट थुप्रै महत्वपूर्ण काम गरे ।  अनन्त २०७४ को निर्वाचनमा रोल्पाबाट  निर्वाचित हुदै संसदमा प्रवेश गरे । 
उनी २०७४ फागुन ३ गतेदेखि २०७७ पुस ५ गतेसम्म उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भए ।  २०७९ को मंसिरमा भएको निर्वाचनमा  पनि अनन्त रोल्पाबाट नै प्रतिनिधिसभामा विजयी  भए । उनी अर्थमन्त्रीको रुपमा १८ महिना काम गरे । तत्कालीन समयमा उनले केही कामको शुरुवात गर्ने प्रयास गरेका थिए अव उक्त काम पुरा गर्ने अवसर प्राप्त भएको छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update