Public Pana
प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरता र अनिश्चिततातिर लगेः कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बिहीबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

 

बैठकले नेपाली कांग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबीसमेत गरेको छ। बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका मूल्य, मान्यता, गठबन्धनमा रहँदा हाम्रोबीचमा भएका सहमतिलाई अक्षरशः पालना गर्नेगरी कांग्रेस प्रस्तुत हुँदासमेत प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई विश्वासघार गरी गठबन्धनमाथि बेइमानी गरेको कांग्रेसले ठहर गरेको बताए। 

उनले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताए। प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गरेको जिकिर कांग्रेसको छ ।

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेसले अब संघीय संसद्‌मा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। पार्टीले संघीय संसद्‌मा रहेका नेपाली कांग्रेसका सम्पूर्ण सदस्यहरुलाई संसद्‌मा देश र जनताका हीतमा प्रभावकारी रुपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update