Public Pana
नेपाली काग्रेस संसदीय दलको बैठक  बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । अप्रत्यासित रुपमा सत्ता शक्तिबाट विमुख भएपछि पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ । 

 

 

बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो । 

बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update