Public Pana
नयाँ सरकार बनेपछि पहिलाे ससद बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभा बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ।

यसअघिको बैठकमा सहकारी तथा मिटरव्याज पीडितले न्याय पाउनुपर्ने माग गर्दै विपक्षी सांसद् अवरोध गरेपछि सूचना टाँसेर स्थगित गरिएको थयो। 

 

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ। 

राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ। 

राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update