Public Pana
मन्त्री छान्न  सकस भएपछि जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बोलाइएको जसपाले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए। 

 

जसपा १५ सङ्घीय सांसद रहेका छन्। जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ। तर मधेस प्रदेश सरकारको सुनिश्चितता नभएसम्म भन्दै मन्त्री भने पठाएको छैन।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update