Public Pana
नव नियुक्त मन्त्रीले सपथसगै सम्हाले मन्त्रालय , बरियतामा रघुविर  पहिलो नाराणकाजी दोस्रो 

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रि मण्डलमा सहभागी भएका मन्त्रीहरुले सपथ लिदै जिम्मेबारी पनि सम्हालेका छन् ।

भौतिक पुर्वाधार मन्त्री रघुविर महासेट, अर्थमन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछानेसहितले जिम्मेबारी सम्हालेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए पनि उनीहरु पदवहालीका लागि सिंहदबार पुगेका थिए । 
सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् ।  योसँगै प्रचण्डको मन्त्रीमण्डल २० सदस्यीय बनेको छ । 
राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिष नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेका राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  
पहिलो बरियतामा एमालेका महासेठ 
सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट मन्त्री बनेका रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनी वरियतामा प्रधानमन्त्रीपछि पहिलोमा छन् ।  त्यस्तै उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठ दोस्रो वरियतामा रहेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तेस्रो वरीयता दिइएको छ ।

एमालेबाट पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन  भएको छ ।  
यस्तै माओवादीबाट वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । 
यता रास्वपाबाट डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने गरी कार्यविभाजन भएको छ ।  नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बनेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update