Public Pana
उपसभामुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ शाहीको प्रस्ताव बहुमतले अस्वीकृत

कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् ।

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।

ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन् । उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update