Public Pana
रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै, यी हुन् अन्य मन्त्री 

कांग्रेससँगको गठबन्धन तोड्दै नयाँ गठबन्धन बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार जना मन्त्री बन्दैछन्।  सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने भएको हो। लामिछाने गृहमन्त्री बन्ने भएका छन्। 

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका हुन्। त्यस्तै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा पाउने भएका छन्।

त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने भएको छ। रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ । 
सभापति लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उपसभापति अर्यालले पनि पुरानै मन्त्रालयको जिम्मा पाउने भएका हुन्।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update