Public Pana
कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृत्यु , ३३ जनाको उद्धार

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज (बुधबार) बिहान धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेँसीबाट त्रिशूली नदीमा खसेको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस (आदमघाट) बाट खटिएको टोलीले उद्धार गरेको छ।  

उक्त स्थानमा यात्रुको उद्धारका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको डीएसपी थापाले जानकारी दिए।

लु २ ख २१२१ नम्बरकाे बस बुधबार बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेकाे हाे। मृतक र घाइतेकाे पहिचान खुलेकाे छैन। 

दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update