Public Pana
नेपालमा नयाँ गठवन्धन बनेकोमा चीनको प्रतिक्रिया मिलेर काम गर्न चाहन्छौं

काठमाडाै- नयाँ गठवन्धन र सरकार निर्माण भएकाेप्रति उत्तरी छिमेकी चीनले  प्रतिक्रिया जनाएकाे छ ।    चीनले नेपालको नयाँ गठबन्धनको सरकारसँग मिलेर काम गर्ने  चाहना रहेकाे बताएकाे छ । 

चिनियाँ विदेश मन्त्रालयले नेपाली पार्टीहरुले मिलेर राजनीतिक स्थायित्व, आर्थिक विकास र जनजीविका सुधारका लागि काम गर्ने अपेक्षा पनि व्यक्त गरेको हाे।
मंगलबारको नियमित पत्रकार सम्मेलनमा चीनले नेपालबारे प्रतिक्रिया दिएकाे हाे ।  
 ग्लोबल टाइम्सले प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको साझेदारी तोडेको र फेरि एमालेसँग गठबन्धन बनेकाेमा चीनको प्रतिक्रिया के हुन्छ भने साेधेकाे थियाे  ।   उक्त प्रश्नकाे जवाफमा चीनले आफूहरु नेपालकाे सरकारसँग मिलेर काम गर्ने बताएकाे हाे ।  

‘नेपालले नयाँ गठबन्धन सरकार बनाएको चीनले संज्ञान लिएको छ। नेपालका सम्बन्धित पक्षहरुले नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन एकताबद्ध भई सहकार्य गर्ने विश्वास हामीलाई छ,’ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ पत्रकार सम्मेःनमा भनेकी छन् । 


मित्रवत् छिमेकी र सहयोगी साझेदारका रुपमा चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिने उनले बताइन्। 
गत साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काग्रेससँगकाे गठवन्धन छाेडेर नेकपा एमालेसँग मिलेर मन्त्रीपरिषद पूर्नगठन गरेका थिए । हाल प्रधानमन्त्री र तीन विना विभागिय मन्त्री छन् । मन्त्रालय सवै प्रधानमन्त्रीले आफै सँग राखेका छन् ।  

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update