Public Pana
अस्ट्रेलियन डलर, युरो, कुवेती र बहराइन दिनारको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

वुधबार अमेरिकी डलर, बेलायती पाउन्डसहितका केही विदेशी मुद्राको मूल्य बढ्दा युरो, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरै विदेश मुद्राको मूल्य घटेको छ।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा थियो। 

आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो  बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ७० पैसा र बिक्रीदर १६८ रुपैयाँ ४६ पैसा थियो। 


आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा थियो। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update